सुन तोलामा दुई सय र चाँदी तोलामा १० रुपैयाँ वृद्धि

काठमाडौं । आज मंगलबार सुनको तोलामा दुई सय रुपैयाँ वृद्धि भएको छ । आज सुन तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । चाँदी तोलामा दश रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार सात सय५५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर