जापानमा ५.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ, जसमा धेरै मानिस घाइते भएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीले भूकम्पको म्याग्निच्युड ५.४ मापन गरिएको र यसको केन्द्रबिन्दु चिबा प्रिफेक्चर रहेको जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन ।

जापानको क्योडो समाचार एजेन्सीका अनुसार भूकम्पका कारण चार जना घाइते भएका छन् । छानाको बत्ती खसेर एक जना घाइते भएका छन् । केही रेल सेवाहरू पनि रद्द वा ढिलो चलेका छन्। जापान विश्वमा सबैभन्दा धेरै भूकम्प जाने देशहरू मध्ये एक हो, र २०११ को भूकम्प र त्यसपछिको सुनामीमा हजारौं मानिसहरूको मृत्यु भएको थियो। जसका कारण फुकुसिमा आणविक संयन्त्रमा पनि क्षति पुगेको थियो । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर