आज सुन तोलामा एक सय रुपैयाँ वृद्धि

काठमाडौं ।  आज  सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । यसअघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२  हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १७५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर