लुम्बिनीका कांग्रेस प्रदेशसभा सदस्य केसी कारागार चलान

काठमाडौं । नेपाली कांग्रेसका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसीलाई कारागार चलान गरिएको छ । करिब तीन दशकभन्दा पुरानो मुद्दामा दोषी ठहर केसीले जिल्ला अदालत रुकुम पूर्वमा आत्मसमर्पण गरेपछि उनलाई आज आइतबार कारागार चलान गरिएको हो। केसी आज आफैं रुकुमकोट जिल्ला अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

श्रीमतीसँगको अंश मुद्दामा केसीले कीर्ते गरेको अभियोगमा साबिक रुकुम जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । २०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएन । केसी रूकुम पूर्वको प्रदेश (ख) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । सांसद केसी जेल चलान भएपनि उनको निलम्बन के हुने भन्ने विषयमा भने कानुनी अडचन देखिएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावलीको दफा १६ को उपदफा ४ अनुसार कुनै सदस्य उपर प्रचलित कानूनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर कुनै सदस्यलाई फौजदारी अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधिभर र कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्यलाई सभामुखले निलम्बन गर्नु पर्नेछ । तर केसीको कैद अवधि भने १ बर्ष मात्र रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर