महिला लिग फुटबल : नेपाल पुलिस क्लब विजयी

काठमाडौं ।  एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले बागमती युथ क्लबलाई हराएकाे छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिस क्लबले बागमती युथलाई १–० गोलले हराएको छ । पुलिसका लागि निर्मला उपाध्यायले गोल गरिन् ।

यो जितसँगै पुलिस ३ खेलमा ७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । बागमती युग ३ खेलमा ३ अङ्कसहित पाँचौं स्थानमा छ । एन्फा महिला लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर