बेपत्ता भएका वडा सदस्य दम्पतीको शव फेला

काठमाडौं ।  जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर-६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडा सदस्य दम्पतीको शव फेला परेको छ ।

गएराति पहिरोमा पुरिएका दम्पतीको शव बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । गएराति पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उgका श्रीमान् मानबहादुर चलाउने पुरिएको थियो । यस्तै पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर