मधेश प्रदेशमा सरकार परिवर्तन हुनुपर्छ  :  ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा सरकार फेर्नुपर्ने बताएका छन्। उनले नेतृत्व परिवर्तन गरेर सरकारको समेत पुनर्गठन हुनुपर्ने बताए।

जनकपुरधाम विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशहरुमा सरकारको नेतृत्व परिवर्तन भएसरह नै मधेश प्रदेशमा सरकारको नेतृत्व र स्वरूप परिमार्जन हुनुपर्ने बताए। अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताए।

गठन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अव लोसपाकै पालो हुनुपर्ने अध्यक्ष ठाकुरको भनाइ छ। उपनिर्वाचन अगाडिनै मधेश प्रदेशको सरकारका विषयमा दलहरुबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने जानकारी गराए। अध्यक्ष ठाकुरले नक्कली भुटानी सर्नार्थी प्रकरणको छानविन भइरहेकाले सबैले सहयोग गर्नुपर्नेसमेत बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर