प्रचण्डको प्रतिउत्तर : “ओली झूट, बेइमान र अनैतिक”

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफ्नो दल सरकार बनाउने खेलमा नलाग्ने बताएका छन् । आज आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले सरकारबाट बाहिरिएपछि आफूसामू पार्टी बनाउने अवसर प्राप्त भएको बताए ।

उनले तत्काल सरकार बनाउने वा भत्काउने खेलमा नलाग्ने स्पष्ट पारे ।  उनले आफ्नो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले असभ्य भनेर गरेको टिप्पणीको विरोध गरे । उनले आफ्नो नभएर प्रधानमन्त्री ओलीको नै कार्यशैली असभ्य भएको आरोप लगाए । उनले भने, ‘को सभ्य को असभ्य भन्ने कुरा तपाईंहरुले सुनिरहनुभएको छ नि, मैले त प्रतिनिधिसभामा नै भनेको थिएँ यति झुट, बेइमानी अनैतिकता, जालझेलको तरिकाले अपनाउनुभयो नि उहाँले मैले बोलेको के असभ्य भयो र ? उहाँले गर्दा असभ्य नहुने, मैले असभ्य गर्नुभयो उहाँले भन्दा असभ्य हुन्छ र ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर