जाजरकोटमा पहिरोमा पुरिएर दुई जना बेपत्ता

काठमाडौं । जाजरकोटमा गए राति पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका–६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएको जनाइएको छ ।

जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख दलबहादुर सिंहका अनुसार बारेकोट–४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा मानबहादुर चलाउने र उनकी श्रीमती वडा नं–६ की महिला सदस्यसमेत रहेकी मायादेवी चलाउने पुरिएको जानकारी दिए ।

घटनास्थलबाट चलाउनेकी छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको तर २ जनाको शव निकाल्न नसकिएको उपप्रमुख सिंहले बताए । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका घटनास्थलमा प्रहरी टोली जाँदै गरेको तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिए । (तस्बिरःसांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर