जर्मनीको आगाडि हंगेरीको नराम्रो हार

काठमाडौं ।  जर्मनीले नेसन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा हंगेरीलाई ५–० गोलअन्तरले पराजित गरेको छ। जुलाईमा घरेलु भूमिमा युरो कपमा क्वार्टरफाइनलमा पुगेको जर्मनी थोमस मुलर, टोनी क्रुस र म्यानुअल नुएरको सन्न्यासपछि पहिलोपल्ट मैदान उत्रिएको हो। हंगेरीविरुद्धको खेलमा सन् २०१४ को विश्वकप विजेता कोही पनि खेलाडी थिएनन्।

खेलको २७ औं मिनेटमा मिडफिल्डर जमाल मुसियालाको पासमा निकोलस फ्युलक्रुगले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५८ औं मिनेटमा मुसियालाले गोल गर्दै अग्रता दोब्बर बनाए। फ्लोरियन विर्ट्जले ६६औं मिनेटमा मुसियालाको पासमा गोल गरेका थिए। म्यान अफ द म्याच मुसियालाको पासमा ७७ औं मिनेटमा अलेक्जेन्डर पावलोभिचले गोल गर्दै जर्मनीलाई ४–० को अवस्थामा पुर्‍याए। ८१औं मिनेटमा काई हाभर्ट्जले पेनाल्टीमार्फत गोल जर्मनीलाई सहज जित दिलाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर