प्रधानमन्त्री प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको भन्ने ओलीको व्यङ्ग्य

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको भनी व्यङ्ग्य गरेका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले पूरा फिल्म देखाउन बाँकी रहेको बताएका हुन् । उनले २०४७ सालदेखिका भ्रष्टाचारमा छानबिन गर्न पनि माग गरे ।

ओलीले भने, ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’ अध्यक्ष ओलीले धेरै ठूलो संख्यामा ठगी भएपछि मात्र अहिले छताछुल्ल भएको उल्लेख गरे ।

यसैबीच ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताए ।

च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा उनले रायमाझीलाई अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने बताए।

भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर