शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६२ पैसा रहेको छ । युरो एकको खरिद दर एकसय ४८ रुपैयाँ ८४ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५० पैसा छ । पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७६ रुपैयाँ ६६ पैसा र बिक्री दर एक सय ७७ रुपैयाँ ३४ पैसा छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २६ पैसा र बिक्री दर ९० रुपैयाँ ६६ पैसा छ । यस्तै, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा छ । युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा छ । हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ २० पैसा र बिक्री दर १७ रुपैयाँ २७ पैसा छ । कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ ९१ पैसा र बिक्री दर चार सय ४० रुपैयाँ ८७ पैसा छ भने बहराइन दिनार एकको खरिद दर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्री दर तीन सय ५७ रुपैयाँ १४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर