वृद्धाश्रम जान नमानेपछि बुहारीले गरिन् सासुको हत्या

काठमाडौं । भारतको नयाँ दिल्लीमा एक जना महिलाले आफ्नै सासुको हत्या गरेकी छन् ।

वृद्धाश्रम जान नमानेको भन्दै ४८ वर्षकी सरमिस्ठा सोमले आफ्नी ८६ वर्षकी सासु हर्षी सोमको कुटपिट गरेर हत्या गरेको दिल्ली प्रहरीले जनाएको हो । दिल्ली प्रहरीका अनुसार गत अप्रिल २८ मा हर्षीको शव नेब सराईस्थित अपार्टमेन्टमा भेटिएको थियो ।

तर उनलाई कसले हत्या गरेको हो भन्ने बारेमा थाहा नभएका कारण अनुसन्धान गर्न ढिलाई भएको प्रहरीले बताएको छ । उनको अनुहार र टाउकोमा गम्भीर चोट देखिएको छ ।

अनुसन्धानका क्रममा हर्षीकी बुहारी सरमिस्ठा दोषी देखिएकी हुन् । उनले वृद्धा सासुलाई हेरचाह गर्दा आफू वाक्क र दिक्क भएका कारण वृद्धाश्रममा पठाउने निधो गरेको बयान दिएकी छन् ।

वृद्धाश्रम जान नमानेपछि सासुको हत्या गरेको पनि बुहारी सरमिस्ठाले स्वीकार गरेको प्रहरीले बताएको छ। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर