युक्रेनसँग वार्ता गर्न रुसी राष्ट्रपति पुटिन तयार देखिए ?

काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन्। यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको प्रस्तावलाई उनले अस्वीकार गरेका थिए। युक्रेनले अगस्टमा रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमा पार आक्रमण सुरु गर्‍यो र हजारौँ सैनिकलाई सीमापार पठाएर धेरै गाउँ कब्जा गर्‍यो। त्यसलगत्तै पुटिनले कुनै वार्ता हुन नसक्ने बताए।

ब्लादिभोस्टक शहरमा रुसको पूर्वी आर्थिक मञ्चमा प्रश्नोत्तर सत्रमा उनले रुस वार्ताका लागि तयार रहेको तर सन् २०२२ मा इस्तानबुलमा मस्को र किएभका वार्ताकारहरूबीच रद्द भएको सम्झौताका आधारमा वार्ता हुने बताए। सार्वजनिक नगरिएको उक्त सम्झौताका सर्तहरू कहिल्यै पूरा भएनन्।

“के हामी उनीहरूसँग वार्ता गर्न तयार छौँ? हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ तर केही अल्पकालीन मागहरूका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्तावेजहरूका आधारमा वार्ता गर्न तयार छौँ”, उनले भने। मस्कोले युक्रेनमा आक्रमण सुरू गरेलगत्तै रुस र युक्रेन सन् २०२२ को वसन्तमा एउटा सम्झौताको नजिकमा पुगेको क्रेमलिनले बारम्बार दाबी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर