शेयरबजारमा ओरालो, कारोबार रकम पनि घट्यो

काठमाडौं ।  नेप्सेमा आज १२.१० अंकको गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.१० अंकले घटेर २७२७.३६ अंकमा झरेको छ । बिहीबार ३१६ वटा कम्पनीको कारोबार हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ बराबरको कारोबार भएको छ ।

आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्सको सबैभन्दा बढी ८.९१ प्रतिशत शेयर मूल्य घटेको छ । त्यस्तै आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । आज नेपाल फाइनान्सको ४० करोड ५० लाखबराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको ६ लाख ७६ हजार ७३ कित्ता शेयर किनबेच भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर