भोज खान मावल आएका तीनजना बालकको डुबेर मृत्यु

काठमाडौं ।  धनुषाको लक्ष्मीनियाँमा तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-७ को पोखरीमा डुबेर बुधबार बेलुका तीन बालको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।

उनका अनुसार ९ वर्षीय आयुष साह, १० वर्षीय आदित्यकुमार साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भएको हो। मावलमा भोज खान आएको उनीहरु नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेका हुन्। उनीहरुको जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीको भनाई छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। (तस्बिरःसांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर