सहकारीमन्त्रीको खुलासा : बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खानेहरूको आन्दोलन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरूले आन्दोलन गरेको आरोप लगाएका छन्।

काठमाडौंमा बुधवार आउोजित सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा मन्त्री अधिकारीले बढी ब्याज खान खोज्नेहरुले नै सहकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको उल्लेख गरे। उनले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए।
उनले भने, ‘एकथरी आफूसँग धेरै भएको सम्पत्ति सहकारीमा राख्ने र अर्को थरी बैंकबाट कम ब्याजमा पैसा लिने र सहकारीमा बढी ब्याजमा राख्नेबीचको मुनाफा खाइराख्ने त्यस्ता खाले पनि छन्। अहिले सहकारीमा आन्दोलन गर्नेहरु त्यस्तै मात्रै छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर