१८ वर्षपछि कप्तान सर्जियो बुस्केटले क्लब बार्सिलोना छाड्दै

काठमाडौं । बार्सिलोनामा आबद्ध भएको १८ वर्षपछि कप्तान सर्जियो बुस्केटले क्लब छाड्ने भएका छन् ।

जारी सिजनको अन्तबाट कप्तान बुस्केटले बार्सिलोना छाड्ने निर्णय गरेका हुन् । ३४ वर्षीय बुस्केटले बार्सिलोनाका लागि ७ सय १८ खेल खेलेका छन् भने बार्सिलोनाबाट सर्वाधिक धेरै खेल्ने तेस्रो खेलाडीको रुपमा बुस्केटको नाम अंकित भएको छ ।

‘१८ वर्षको बार्सिलोनासँगको यात्रा अविष्मरणीय रह्यो। म सानैमा पनि सधैं बार्सिलोनाको जर्सिमा नै मैदानमा खेलेको सपना देख्थेँ, जुन सपना मैले सोचेको भन्दा लामो समयसम्म जारी रह्यो’ उनले भने, ‘धेरै वर्षदेखि बार्सिलोना र फुटबल प्रेमीहरुबाट पाएको यो सम्मान र अवसरले मलाई धेरै थोक र अविस्मरणीय यादहरू दिएको छ। यो अवसर सिर्जना गर्ने क्लब र सबै समर्थक र सहकर्मी प्रति धन्यवाद दिन चाहन्छु।’

उनको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ८ वटा ला लिगा उपाधि, ७ वटा कोपा डेल रे, ७ वटा स्पेनिस सुपर कप र तीन च्याम्पियन्स लिगको उपाधि जितेको थियो। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर