बैतडीमा टेलिकमको टावर तोडफोड

काठमाडौं ।  बैतडी जिल्लाको सिगास गाउँपालिका-१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर अज्ञात समूहद्वारा तोडफोड गरेका छन् । स्थानीय गाँजरी बजारबाट ३ घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको वडा अध्यक्ष रामचन्द्र ऐरले बताए । टावरमा राखिएको कृषि विकास बैङ्कको सर्भर उपकरणसमेत तोडफोड गरिएको उनले जानकारी दिए । भदौ १५ गतेबाट बैङ्कमा इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड गरिएको अवस्थामा भेटिएको थियो ।

टावर क्षति भएको बारेमा आज बुधबार बिहानमात्रै जानकारी भएकाले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर खेमविक्रम केसीले बताए । स्थानीय क्षेत्रमा इन्टरनेट नचलेपछि गाँजरीमा रहेको कृषि विकास बैङ्कले सेवा उपलब्ध गराउन असर्मथ रहेको सूचनासमेत जारी गरेको छ । घटना व्यक्ति अथवा समुह कसले गराएको हो भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर