बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिद दर १४७ रुपैयाँ ९८ पैसा र बिक्री दर १४८ रुपैयाँ ६४ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७५ रुपैयाँ ९६ पैसा बिक्री दर १७६ रुपैयाँ ७५ पैसा छ ।

स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ४३ पैसा र बिक्री दर एक सय ५८ रुपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २६ पैसा र बिक्री दर ९० रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ०१ पैसा र बिक्री दर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय दुई रुपैयाँ ८४ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ १८ पैसा र बिक्री दर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८२ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७८ पैसा र बिक्री दर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिद दर तीन रुपैयाँ ९१ पैसा र बिक्री दर तीन रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ६९ पैसा र बिक्री दर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ८४ पैसा र बिक्री दर १९ रुपैयाँ ९३ पैसा छ ।

हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ १९ पैसा र बिक्री दर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ ६८ पैसा र बिक्री दर चार सय ४० रुपैयाँ ६४ पैसा छ भने बहराइन दिनार एकको खरिद दर तीन सय ५५ रुपैयाँ ६४ पैसा र बिक्री दर तीन सय ५७ रुपैयाँ २४ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनियय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर