माओवादीले कांग्रेसलाई सात सालको क्रान्ति र एमालेलाई झापा विद्रोह सम्झायो

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले माओवादी सशस्त्र संघर्षलाई एमालेका नेताहरुले हिंसाको संज्ञा दिएको प्रति आपत्ति जनाएका छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले २००७ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा विद्रोहलगायतको प्रसंग उठाए । उनले ती विद्रोह र क्रान्तिहरु हिंसा थियो ? भन्दै प्रश्न पनि गरे ।

साथै, झापा विद्रोहको नाममा भुटन चौधरी, धर्म ढकाल, कर्णबहादुर गौतमलगायतको हत्या भएको कुरा विर्सिनुभयो ? भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ प्रश्न तेर्स्याए । उनले प्रधानमन्त्री ओली सोही हत्या अभियोगमा १४ वर्ष जेल बसेको समेत दाबी गरे ।

‘२००७ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्ति, २०३० साल जेठ २८ गते नेपाली कांग्रेसका नेताहरुले जाहज अपहरण गरी जहाजमा रहेको पैसा क्याप्चर गरेको तपाईँहरुलाई थाहा नै होला । के उक्त रकम नेपाली जनताको थिएन र ? के उक्त काम पनि हिंसा थियो ? त्यतिखेर झापा विद्रोहको नाममा भुटन चौधरी, धर्म ढकाल, कर्णबहादुर गौतमलगायतको हत्या बिर्सनुभयो कि ? जबकी उहाँको हालको अध्यक्षले १४ वर्ष कैद भुक्तान गरेको के हो ? यसलाई लुटपाट र हत्या भन्ने होला नि ?’ प्रश्न गर्दै उनले भने, ‘त्यतिखेर झापा विद्रोह या आनदोलनको बेलामा उहाँहरुको अध्यक्षले ‘सामन्तीलाई नगिँडे, सैनिकसँग नभिडे आउँदेन जनवाद’ भन्दै, गाउँदै चलाएको झापा विद्रोह हिंसा र लुटपाट थिएन र ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर