बीमा क्षेत्रको विकास लागि छुट्टै कोष स्थापना हुँदै

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको विकासको लागि छुट्टै कोष स्थापना गर्ने भएको छ । हाल अर्थ मन्त्रालयमा बिचाराधीन रहेको बीमा नियमावलीको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । सोही प्रस्ताव सहित बीमा नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएमा प्राधिकरणले बीमा क्षेत्रको विकासको लागि छुट्टै कोष स्थापना गर्न सक्नेछ ।

उक्त कोषको नाम ‘बीमा विकास कोष’ राखिएको छ । यद्यपि, कोष कसको नेतृत्वको सञ्चालन गर्ने र रकम कहाँबाट जुटाउने भनेर नियमावलीको मस्यौदामा स्पष्ट उल्लेख गरिएको छैन । पछि प्राधिकरणले कार्यविधि मार्फत यस सम्बन्धमा स्पष्ट नीति ल्याउन सक्ने बताइएको छ । कोषमा भएको रकम प्रयोग गरी विपन्न वर्गका नागरिकमा बीमा पहुँच पुर्‍याउने कार्यक्रम सञ्चालन गरिने मस्यौदामा उल्लेख छ । त्यो कोषबाट बीमाशुल्कमा अनुदान कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

बीमासम्बन्धी समुदाय लक्षित नमुना (पाइलट) परियोजना सञ्चालन गर्ने, बीमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, बीमासम्बन्धी आवश्यकता पहिचान गर्न अध्ययन तथा अनुसन्धान गर्ने र बीमा साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने काम पनि कोषबाट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर