पक्राउ पूर्जीको वेवास्ता गर्दै पुटिन मङ्गोलियाको भ्रमणमा

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार मङ्गोलिया पुगेकका छन् । मङ्गोलियाको राजधानी उलानबाटारमा उच्चस्तरीय भ्रमणका लागि विमानस्थलमा झरेपछि उनलाई भव्य स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले गत वर्ष पक्राउ पूर्जी जारी गरेपछि पुटिनको आइसीसी सदस्य राष्ट्रमा भएको यो पहिलो भ्रमण हो ।

पुटिनको यो भ्रमणलाई लिएर आइसिसी, किएभ, पश्चिमा र अधिकारवादी समूहहरूले आइसीसी निर्देशनको अवहेलनाको प्रदर्शनको रूपमा हेरिएको छ । सन् २०२२ मा युक्रेनी सेनाले युक्रेनमा आक्रमण गरेयता युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा देश निकाला गरेको अभियोगमा हेगस्थित अदालतले रुसी नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्दै ‘सर्वाधिक खोजी’ को सूचीमा राखेको छ ।

किएभले गत हप्ता मङ्गोलियाली अधिकारीहरूलाई पक्राउ पूर्जी कार्यान्वयन गर्न आग्रह गरेका थिए भने आइसीसीले अदालतले मागेकाहरूलाई हिरासतमा लिनु आफ्ना सबै सदस्यहरूको ‘दायित्व’ रहेको बताएको थियो। क्रेमलिनले गत हप्ता पुटिनलाई पक्राउ गर्ने विषयमा रूसलाई कुनै ‘चासो’ नभएको बताएको थियो ।

रुस र चीनको बीचमा रहेको मङ्गोलिया सोभियत कालमा मस्कोको आधिपत्यमा थियो । सन् १९९१ मा सोभियत सङ्घको पतन भएदेखि नै उसले क्रेमलिन र बेइजिङ दुवैसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न खोजेको छ । मङ्गोलियाले युक्रेनमा रुसको आक्रमणको विरोध गरेको छैन र संयुक्त राष्ट्रसङ्घमा द्वन्द्वसम्बन्धी मतदानमा अनुपस्थित रहेको छ । आइसीसीले सन् २०२३ को मार्चमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर