एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदै

काठमाडौं ।  एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा झापाको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । यस्तै आजको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल दिउँसो सवा ४ बजे एन्फा कम्प्लेक्समै सुरु हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा ) को आयोजना अस्तिदेखि सुरु भएको लिगमा १० टोली सहभागी छन् । उद्घाटन खेलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई ४–० गोलले र हिजो भएको खेलमा बाग्मतीले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै विजयी सुरुवात गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर