आइपीएल – कोलकत्ता र राजस्थान खेल्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज बिहिबार एक खेल हुदैछ ।

आइपीएल २०२३ को ५६ औं खेलमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्सको बीचमा खेल हुनेछ ।

कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।

कोलकत्ताले पछिल्लो खेलमा पन्जाब किंग्सलाई पराजित गरेको थियो । कोलकत्ता एघार खेलमा पाँच जित र छ हारका साथ छैटौं स्थानमा रहेको छ ।

आजको खेल जितेर कोलकत्ता प्लेअफ सम्भावना बलियो बनाउँन चाहन्छ ।

राजस्थानलाई पनि प्लेअफ सम्भावना बलियो बनाउन यस खेलमा जित आवश्यक रहेको छ । राजस्थान एघार खेलमा पाँच जित र छ हारका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

अघिल्लो खेलमा राजस्थान रोयल्स सनराइजर्स हैदराबादसँग पराजित भएको थियो । आजको खेलमा जित निकालेर दुवै टोली तेस्रो स्थानमा उक्लिन चाहन्छन् ।

यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा तीन पटक कोलकत्ता तथा दुईमा राजस्थान विजयी भएका छन् ।

यो सिजन दुई टोली पहिलो पटक खेल्दै छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर