बाँके नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु

काठमाडौं । बाँकेको नरैनापुरमा झाडापखालाबाट आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर–३ गेगली गाउँमा एक्कासि फैलिएको झाडापखालाबाट गाउँका १० जना बिरामी परेका छन् ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले बताए । उनका अनुसार हरिराम पासीको श्रीमती (वर्ष २५) रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, मोहनलाल पासीको श्रीमती वर्ष ६० की शान्ति पासी र सखावत अलीको छोरा वर्ष १० को युसुफको झाडापाखाकै कारण मृत्यु भएको छ ।

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडापखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाइ छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर