चितवनमा डेंगु लागेर एक जनाको मृत्यु

काठमाडौं । चितवनमा डेंगु लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका- २ का ६३ वर्षीय पुरुष रहेका छन् ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए । उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेंगुको संक्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर