इन्टरले एसी मिलानलाई हरायो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा इन्टर मिलानले एसी मिलानलाई हराएको छ ।

बुधबार राति सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले घरेलु टोली इन्टरमाथि २–० को जित निकालेको हो ।

खेलको आठौं मिनेटमा इडेन जिकोले गोल गर्दै इन्टरलाई अघि बढाएका थिए । त्यसको तीन मिनेटपछि हेनरिक मिख्तेरियानले पाहुना टोलीको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

पहिलो लेगमा प्राप्त जितसँगै इन्टरले सेमिफाइनलको दोस्रो लेगमो नियन्त्रणमा राखेको छ । अर्को सेमिफाइनलमा रियल मड्रिड र म्यानचेस्टर सिटीले पहिलो लेगमा १–१ को बराबरी खेलेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर