भारी वर्षाले भरतपुर आसपासका क्षेत्र डुबानमा

काठमाडौं ।  भारी वर्षाले भरतपुर आसपासका क्षेत्र डुबानमा परेका छन् । पर्याप्त ढलको निकास नहुँदा पानी जमेर घरमा पसेको छ । जनजीवन प्रभावित बनेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि भरतपुर अस्पतालसम्म आउने बाटो अवरुद्ध भएको छ । पानीको निकास नभएपछि त्यहाँ भएका सरकारी कार्यालयमा समेत डुबान समस्या छ ।

भारी वर्षाकै कारण चितवनको माडी नगरपालिकामा रहेको खोलामा अत्यधिक बाढी आएको छ । बाढीले खोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको माडी आसपास क्षेत्रमा पछिल्लो चार घण्टा अति वर्षा भएको र थप वर्षा हुने देखिएकाले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्क रहन प्रशासनले आह्वान गरेको छ ।

कल्याणपुर (माडी) वर्षा मापन केन्द्र र माडी आसपासमा अति भारी वर्षाको सम्भावना छ, चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा उच्च सतर्कता अपनाउनुपर्ने बताए । माडीमा खहरे खोलाका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गर्छ । यहाँ पानी पर्नासाथ साना खोलाहरु पनि उर्लिएर आउने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर