आज सुन प्रतितोला ६ सय र चाँदीमा २५ रुपैयाँ घट्यो

काठमाडौं । आज आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आइतबार सुनको भाउ १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासघका अनुसार आइतबार चाँदी प्रतितोला एक हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर