अभियुक्त बालकृष्ण खाँणसँग आज विस्तृत बयान लिइने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग आजदेखि सरकारी वकिलले बयान दिने छन् ।
जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि दिएको तीन दिनको समय सीमाभित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय लागेको छ ।
खाँणको बयान आज बिहान १० बजे हुनेछ । खाणले बुधबारर सरकारी वकिलसमक्ष आफ्नो पक्राउबारेमा सामान्य जानकारी दिएका थिए ।
प्रतिक्रिया