राष्ट्रपतिको भक्तपुरबाट सार्वजनिक स्थलमा कार्यक्रम सुरु

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक दिन ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम भक्तपुरबाट सुरु गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले भक्तपुर पुगेर यो कार्यक्रम सुरुवात गरेको उनको सचिवालयले जनाएको छ ।

ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका राष्ट्रपति पौडेललाई प्रतिनिधिसभाका सांसद दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठ, स्थानीय र आम जनताले स्वागत गरेका थिए ।

उनले भक्तपुर दरबार स्क्वायर, ५५ झ्याले दरबार, तलेजु भवानी, स्वर्णद्वार, सुन्धारा, राष्ट्रिय कला संग्रहालय, न्यातापोल (पाँचतले) मन्दिर, भैरव मन्दिरलगायतका चोकहरुको अवलोकन गरेका थिए । राष्ट्रपति पौडेललाई भक्तपुर नगरपालिका पर्यटक सेवा केन्द्रका सहायक निर्देशक गौतम लासिवाले भक्तपुरको सम्पदाहरुको बारेमा जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर