आफ्नो लय बिगार्दै रियल म्याड्रिड

काठमाडौं । युरोपेली लिग च्याम्पियन रियल म्याड्रिडले स्पेनिस ला लिगामा यो सिजन आफ्नो लय बिगार्दै सामान्य सुरुवात गरेको छ । ला लिगाको डिफेन्डिङ च्याम्पियन समेत रहेको रियलले नयाँ सिजनमा खेलेको तीन खेलमध्ये एउटामा मात्र स्पष्ट जित निकाल्न सफल बनेको छ भने दुई खेलमा अंक बढ्नु परेको छ । रियलले यो सिजनको आफ्नो तेस्रो खेलमा गएराति लास पाल्माससङ्ग १-१ को बराबरीमा चित्त बुझाउनु परेको छ ।

लास पाल्मासले पाँचौँ मिनेटमा अल्बर्टो मोलेरोको गोलबाट अग्रता लिएको थियो । तर एक मिनेटपछि पाएको पेनाल्टी मार्फत रियलले गुमाएको अग्रतालाई बराबरी गर्ने मौका प्राप्त गर्दै एक अङ्क जोड्न सफल बन्यो । गएरातिको खेलसँगै रियलको तीन खेलबाट पाँच अंक भएको छ र पाँचौँ स्थानमा छ । रियलले दुई खेलमा उसको नियमित प्रतिस्पर्धी रहेको बार्सिलोनाले तीन खेलबाट नौ अंक प्राप्त गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर