पोलियो खोप दिन तत्काल युद्धविराम गर्न आह्वान

काठमाडौं ।  युरोपेली सङ्घ (इयू) ले इजरायलको गाजा पट्टीमा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न आह्वान गरेको छ । गाजा पट्टीमा गएको महिनामा मात्र २५ वर्षपछि पोलियोको सङ्क्रमण देखा परेको थियो । संयुक्त राष्ट्रसङ्घ र अन्य गैर–सरकारी समूहहरूले गाजामा बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले आउँदो हप्ता गाजाका सबै क्षेत्रमा  दुई वटा खोप अभियानको योजना बनाएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएकाछन् । अभियान अन्तर्गत ६ लाख ४० हजारभन्दा धेरै बालबालिकालाई टाइप २ पोलियोभाइरस (सिभिडिपिभी २) विरुद्ध मौखिक खोप उपलब्ध गराउने लक्ष्य रहेको छ ।

गएको अक्टोबरदेखि इजरायली सेना र विद्रोही समूह हमासबीच गाजामा दश महिनाभन्दा धेरैको युद्ध र विस्थापन, कुपोषण, आधारभूत स्वास्थ्य सेवाको अभाव र सरसफाइको कमी लगायतका कारण पहिलादेखि नै कमजोर भइसकेको जनसङ्ख्यालाई फेरि फैलिन सक्ने सम्भावित महामारीबाट जोगाउन आवश्यक रहेको इयूले जनाएको छ । राष्ट्रसङ्घका अनुसार गाजाका २४ लाख विस्थापितमध्ये आधाभन्दा धेरै बालबालिका रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर