प्रधानमन्त्रीको लाइनमा आफू नभएको परराष्ट्रमन्त्री आरजुको भनाइ

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको लाइनमा नभएको बताएकी छन् । धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा  उनले प्रधानमन्त्रीको लाइनमा नरहेको प्रष्ट पारेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेकाले धेरैले तपाईँ बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नि भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको होला । राम्रो कल्पना हो । म प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । हाम्रोबाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’

परराष्ट्रमन्त्री बनेको छोटो समयमै नेपाललाई सबै देशले सहयोग गर्न चाहेको कुरा आफूलाई लागेको उनले बताइन् । ‘सबै देश नेपालप्रति सकारात्मक छन्,’ उनले भनिन्, ‘तर विगतमा हाम्रोतर्फ केही कमजोरी भएका रहेछन् । अब ती कमजोरीलाई सुधार गर्नतर्फ लाग्छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर