ला लिगा : बार्सिलोनाको लगातार तेस्रो जित

काठमाडौं ।  ला लिगामा बार्सिलोनाले मंगलबार राति रायो भालेकानोलाई २–१ ले पराजित गरेको छ । नयाँ सिजन लिगमा बार्सिलोनाको यो लगातार तेस्रो जित हो । डानी ओल्मोले गरेको निर्णायक गोलमा बार्सिलोनाले भालेकानोलाई पराजित गरेको हो। उत्कृष्ट सुरुआतपछि नौ अंकमा बार्सिलोना लिग तालिकाका शीर्ष स्थानमा पनि रह्यो । स्पेनी प्ले मेकर ओल्मोले ८२ औं मिनेटमा गोल गरेका हुन् ।

भालेकानोले उनाई लोपेजको गोलमा नवौं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि पेड्रीले ६० औं मिनेटमा बराबरी गोल फर्काए र बार्सिलोना खेलमा पुनरागमन रच्न सफल रह्यो । अर्को खेलमा रियल मार्लोका र सेभियाले गोलरहित बराबरी खेले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर