तीन नेताबीच भुटानी शरणार्थी प्रकरणमा कुनै पनि कुराकानी भएन : लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताका बीचमा संसदभित्रका विषयमा छलफल भएको बताएका छन्।

उनले सिंहदरबारमा बुधबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटमा संसदका विषयमा छलफल भएको जानकारी दिए ।

सिंहदरबार परिसरमा सञ्चारकर्मीको जिज्ञासामा लेखकले भने, “भेटघाटको विषय भनेको अहिलेको संसदभित्रकै विषयमा केन्द्रित छलफल भएको छ। जस्तो अब, बजेटको तयारी भइरहेको छ, नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने कुरा छ। आज विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका कुरा सकिन्छ, त्यसपछि हाउसमा अरु कुरा अघि बढ्छन्।”

संसदको विषयगत समिति गठन भएको अवस्थामा सभापतिको निर्वाचन वा चयन गर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ। “विषयगत समिति बनेका छन्। त्यसको बारेमा पनि सभापतिको निर्वाचन गर्ने, चयन गर्नेसम्बन्ध लगायतका विषयमा केन्द्रित छलफल भएको छ। यससँगै संसदभित्रको सुनुवाइ समिति, टीआरसी, संवैधानिक परिषद् सम्बन्धी विधेयकमा छलफल भएको हो.” लेखकले स्पष्ट पारे ।
यसबाहेक भुटानी शरणार्थी प्रकरणको सन्दर्भको जिज्ञासामा कुनै पनि छलफल नभएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर