नेप्से ओरालो यात्रातर्फ, कारोबार रकम पनि घट्यो

काठमाडौं ।  तीन हजार विन्दुमा पुगेर ओरालो लाग्न थालेको सेयर बजारमा सोमबार एकै दिन एक सय १२ अङ्क नजिकको पहिरो गयो। सोमबार दिनभर भएको कारोबारमा नेप्से बन्द हुँदा २८ सय बाट पनि तल झर्दै २ हजार ७ सय ८२ मा पुगेर बन्द भयो। एकै दिन नेप्सेमा एक सय ११ अङ्कको गिरावट आयो। करिब ३० अर्ब दैनिक कारोबार रकम पुगेको थियो। त्यो पनि झरेर १८ अर्ब ६४ करोडमा पुग्यो। सोमबारको कारोबारमा २० कम्पनीको मूल्य बढेको थियो भने २ सय २३ कम्पनीको घट्यो। एउटाको स्थिर रह्यो।

होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटे। बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २.९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटेका छन्। तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त, दोल्ती पावरको मूल्य १० प्रतिशतसम्म बढ्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर