त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : क्यानडासँग नेदरल्यान्ड्स पराजित

काठमाडौं ।  नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ। सिरिजको चौथो खेलमा सोमवार नेदरल्यान्ड्समाथि क्यानडाले ८ रनको रोमान्चक जित हात पारेको हो। क्यानडाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन मात्र बनायो। नेदरल्यान्ड्सका लागि नोह क्रोसले २८ बलमा सर्वाधिक ३२ रन जोडे। राइन क्लेन र विक्रमजित सिंहले समान २२ तथा माईकल लेभिटले १३ रन जोडे।

क्यानडाका लागि कलिम साना र प्रविन कुमारले समान २ तथा डिलोन हेलिङ्गर र साद विन जाफरले समान १ विकेट लिए। त्यसअघि हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल बनाएको थियो। क्यानडाका लागि श्रेयस मोभ्भा र साद विन जाफरले समान ३३ रन जोडे । कप्तान निकोलस किर्तनले १३, डिलोन हेलिङ्गरले १२ तथा हर्ष टाकरले १० रन बनाए। नेदरल्यान्ड्सका लागि काइल क्लेन र पल भान मेकरेनले समान ३ , ड्यानियल डोरमले २ तथा विक्रमजित सिंहले १ विकेट लिए । सिरिज अन्तर्गत आज क्यानडा र अमेरिकाबीच खेल हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर