मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन्

काठमाडौं ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरमास्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ ।

जलेश्वर अस्पताललाई सधैँ ‘रेफर’ अस्पतालका रुपमा सुनिँदैै आएको र चिकित्सक ‘अनकल’ (फोन गरेपछि मात्रै आउने) मा रहने गरेको सुनिँदै आएको जानकारी प्राप्त गरेको आधारमा मुख्यमन्त्री आइतबार राति छड्के जाँच तथा निरीक्षण गर्न अस्पताल पुगेका थिए ।  निरीक्षणको क्रममा ‘इमरजेन्सी’ (आकस्मिक) वार्डमा चिकित्सक अनुपस्थित हुनाका साथै कुन चिकित्सकको ‘ड्युटी’सम्बन्धी ‘चार्ट’ नदेखिएको उ नले जानकारी दिए । अन्य स्वास्थ्यकर्मी पनि न्यून सङ्ख्यामा उपस्थित रहेको मुख्यमन्त्रीले सिंहले बताए । उनले जलेश्वर अस्पतालमा चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मीकै उदासीनताले गुणस्तरीय सेवा बिरामीले प्राप्त गर्न नसकेको बताए  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर