जसपा नेपालको पदाधिकारी चयन

काठमाडौं । जसपा नेपालको महाधिवेशन सकिएको साढे दुई महिनापछि पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरू तोकिएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि उम्मेदवारी दर्ता गरेपछि चुनावै नगरी अध्यक्ष उपेन्द्र यादवलई पदाधिकारी र केन्द्रीय सदस्य तोक्ने अधिकार प्रत्यायोजन गरी महाधिवेशन स्थगित भएको थियो ।

अध्यक्ष यादवले पार्टीको सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनीत गरेका छन् भने पाँच उपाध्यक्षमा क्रमशः राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवालाल थापा मगर र विद्युत् बज्राचार्यलाई मनोनीत गरेका छन् ।

यस्तै, महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई मनोनीत गरेका छन् । मनिषकुमार सुमनले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

सात सचिवमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धीन राई छन् । कोषाध्यक्षको जिम्मेवारी सुरिताकुमार साहलाई दिइएको छ ।

कार्यकारिणी सदस्यहरुमा हरिनारायण यादव, अर्जुन थापा, डा. सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, डा. कृष्णकुमार राई, निर्मला यादव, तारा विश्वकर्मा, राजकुमार गुप्ता, जयराम यादव र रामकिशोर यादव रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर