बागमती प्रदेश पर्यटनमन्त्रीको सरकारीनिवासमा आगलागी

काठमाडौं । बागमती प्रदेशका पर्यटनमन्त्रीको सरकारीनिवासमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका ९ लामसुरेमा प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारीनिवासको माथिल्लो तलाको सभाहलमा हिजो राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, मन्त्रीनिवासको बिजुलीको तार सर्ट भई आगलागी हुँदा केही सामान जलेका छन् । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको कर्मचारी आवास क्षेत्रलाई प्रदेशका मन्त्रीहरुको निवास बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर