खाँणलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थपेको छ।
खाँणमाथि थप अनुसन्धानका लागि अनुमति लिन प्रहरीले उनलाई बुधबार अपराह्न काठमाडौं जिल्ला अदालत लगिएको थियो। प्रहरीले खाँणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि बुधबार पक्राउ गरेको थियो।
प्रहरीले खाँणविरुद्ध ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाइने जनाएको छ। यसअघि कानुनबमोजिम खाँणको स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो । खाँणलाई सरकारी वकिलको कार्यालय पु-याएर कागजात गराई अदालत लगिएको हो । अब उनी तीन दिनसम्म प्रहरी हिरासतमा रहने छन् ।
प्रतिक्रिया