बस दुर्घटना हुँदा १६ जना घाइते

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा–२९ स्थित मुग्लिन–नारायणघाट सडकखण्डको घुमाउनेमा आज बिहान बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काडमाडौंतर्फ आउँदै गरेको रात्रिसेवाको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
घाइतेको उद्धारकार्य जारी छ भने उद्धार गरिएकाहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । बस सडक किनारामा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस महाकाली यातायातको सु–प–प्र ००१ख १३३२ नम्बरको भएको खुलेको छ ।
प्रतिक्रिया