सुन प्रतितोलामा एक हजार रुपैयाँ वृद्धि

काठमाडौं ।  आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक हजार रुपैयाँ बढेर कारोबार भएको हो। आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य ३५ रुपैयाँ बढेर एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर