रामेछापमा पहिरोबाट दुईजनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं । रामेछापको सैलुङमा हिजो शनिबार राति गएको पहिरोबाट दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले पहिरोले तीन घर बगाएको र घटनास्थलमा दुईवटा शव फेला परेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा गएराति भीषण वर्षाका कारण गाउँ नजिकै रहेको खोलाको कटानले पहिरो खसेको थियो । पहिरो परेर कम्तीमा ५ जना बेपत्ता भएको न्यौपानेले बताए । वर्षाका कारण वडा २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल बगाउँदा घटनास्थलसम्म पुग्न समस्या उत्पन्न भएको छ । (तस्बिरःसांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर