लुकाकु इटालियन क्लब नापोली जाने निश्चित

काठमाडौं ।  बेल्जियमका फरवार्ड रोमेलु लुकाकु इटालियन क्लब नापोली जाने निश्चित भएको छ । हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए ।

चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने भएपछि उनले नापोलीसँग तीन बर्षको सम्झौता गरेको बताइएको छ । गत सिजनमा रोमाका लागि लुकाकुले ४७ खेल खेल्दै २१ गोल गरेका थिए ।

लुकाकु र नापोलीको व्यवस्थापनबीच सहमति भएको र अब औपचारिक सम्झौताको प्रक्रिया अगाडि बढाइएको मिडिया रिपोर्टमा उल्लेख छ । नापोलीले लुकाकुका लागि चेल्सीलाई ३० मिलियन युरो तिर्न सहमत भएको बताइएको छ । त्यस्तै लुकाकुले नापोलीमा बार्षिक ६ मिलियन युरो पारिश्रमिक लिने सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर