प्रदर्शनकारी र प्रहरीबिच आज नयाँ बानेश्वरमा ठेलमठेल

काठमाडौं । बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारी र प्रहरीबिच आज नयाँ बानेश्वरमा ठेलमठेल भएको छ । प्रदर्शनकारीहरू भ्रष्टाचारजन्य कसुरको हदम्यादमा गर्न लागिएको संशोधनविरुद्ध सावधान संघर्षमा उत्रिएका हुन् । प्रहरीका अनुसार प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेकाले सामान्य बल प्रयोग गरेको जनाएको छ ।

प्रदर्शनकारी शनिबार दिउँसो माइतीघरबाट हिँड्दै नयाँ बानेश्वर पुगेका थिए । सरकारले भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्‌ले गरेका भ्रष्टाचारजन्य काम कारवाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा संशोधन गर्न लागेकोमा उनीहरुले आपत्ति जनाउँदै सावधान संघर्षमा उत्रिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर