महिलाले दिएकाे उपहार विष्फोट हुँदा रूसी सेनाका मुख्य भ्लगरकाे मृत्यु, २५ घाइते

काठमाडौं । रुसको एक क्याफेमा एउटा बट्टा विष्फोट हुँदा रुसी सेनाका मुख्य भ्लगर भ्लादेन टार्टस्कीको मृत्यु भएको छ ।
रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा क्याफेमा बट्टा विष्फोटमा हुँदा भ्लगरको मृत्यु भएको हो । रुसी रक्षा मन्त्रालयका अनुसार सेन्ट पिटर्सबर्गको स्ट्रिट फुड बार वानमा छलफलमा रहेका ब्लगरलाई एक महिलाले उपहार भन्दै दिएको बट्टा विष्फोट हुँदा भ्लगरको मृत्यु भएको हो ।
घटनामा २५ जना घाइते भएको र घाइते मध्ये १९ जनालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले जनाएको छ । वास्तविक नाम म्याक्सिम फोमिन रहेका भ्लगरका टेलिग्राममा ५ लाख ६० हजार फ्लोअर रहेका छन् ।
युक्रेनमा रुसी आक्रमणका कडा समर्थक ब्लगरले युक्रेन आक्रमणको फ्रन्टलाइनबाट रिपोर्टिङ गर्दै आएका थिए । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर