जर्मनीमा बटुवामाथि अन्धाधुन्ध चक्कु प्रहार, तीनको मृत्यु

काठमाडौं । जर्मनीको पश्चिममा अवस्थित जोलिङ्गन सहरमा छुरा प्रहारबाट तीनजनाको ज्यान गएको र थप चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
हमलाकारी अझै फरार रहेको अधिकारीहरूले बताएका छन्। स्थानीय सञ्चारमाध्यमहरूले एकजना व्यक्तिले बटुवामाथि जथाभाबी छुरा हानेको जनाएका छन्।

जोलिङ्गनले आफ्नो स्थापनाको ६५०औँ वर्ष मनाइरहँदा यो घटना भएको हो। उक्त सहरका मेयर टिम कुत्सबाले उक्त हमलाका कारण सबै जना स्तब्ध, आतङ्कित र शोकमा रहेको बताए। उनले जीवनसँग सङ्घर्ष गरिरहेका व्यक्तिहरूको लागि आफूले प्रार्थना गरिरहेको पनि जनाएका छन्। बिल्ड वेबसाइटका अनुसार हमलाकारीले बटुवाहरूलाई जथाभाबी छुरा हानेको थियो। एउटा व्यापक खोजी कार्य जारी रहेको र प्रहरी हेलिकोप्टरहरू सहरमाथि उडिरहेको जनाइएको छ। उक्त औद्योगिक शहरले स्थापनाको ६५०औँ वार्षिकोत्सव मनाइरहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर